सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
किन थिए ती सन्तान यति दुष्ट?
आफूलाई जन्माएका आमा र बुबालाई बृद्धाश्रम लएर छोड्ने
किन थिए ती सन्तान यति दुष्ट?
माया र ममताले हुर्काएका आमाबाबुको मुटु तोड्ने।
भन्छिन् आमा घर लैजान सन्तान आउनेछन्
बुबाचाहिँ गेटमा बसेर सन्तानलाई कुर्छन्
सन्तान नआउँदा ती आमा कति रूँदी हुन्
सन्तान नआउँदा ती बुबा कति रूँदा हुन्।
सन्तानलाई सधैं मीठा परिकार खान दिने आमाबुबा
अहिले खान्छन् त्यो आश्रमको बासी पुवा
सन्तानलाई राम्राराम्रा कपडा छानेर किनिदिने आमाबुवा
अहिले लाउँछन् च्यातिएका लुगा।
दिन बित्दै गए तर आएनन् ती सन्तानहरू
बिस्तारै निको हुँदै गए ती मुटुका चोटहरू
तर भएनन् आमा र बुवा निराश
थियो मनमा घर लैजान सन्तान आउँछन् भन्ने आश।
लुगलुग जाडोले पुस माघमा कति काम्दा हुन्
वरिपरि केही लुगा छ की भनेर छाम्दा हुन्
निर्दयी सन्तानलाई नै रातभर सम्झँदै
मोतिका आँशुका थोपा आँखाभरि बर्षाउँदै।
आएनन् ती सन्तानहरू आमाबुवा अस्पातलमा सिकिस्तै हुँदा पनि
जीवन र मृत्यु बीच तडपिरहँदा पनि
अहिले सोच्छन् होला ती आमाबाबु 'हे भगवान किन दियौ यति दुष्ट सन्तान'
किन दियौ यति दुष्ट सन्तान।
(आशुतोष ढुंगाना गन्डकी आवासिय विद्यालय पोखरामा कक्षा ७ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)