सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम सहिष्णु थापा मगर हो। म पवन प्रकृति अंग्रेजी उच्च माध्यमिक विद्यालय ललितपुरमा कक्षा ३ मा अध्ययनरत छु। अहिले लकडाउनको समयमा केही सिर्जनात्मक काम र घरको सामान्य काम ममीबाबा र आमाबुवाबाट सिक्दै छु।
यो समयलाई हामी जस्ता विद्यार्थीले सही सदुपयोग गर्न सके भविष्यमा सहज हुने विश्वास राख्छु। म ममीबाट भान्छामा हुने काम सिक्दैछु भने बाबाबाट कम्प्युटर र मोबाइल कसरी प्रयोग गर्ने भन्ने कुरा सिक्दैछु। त्यसैगरी आमाबुवाबाट पूजापाठ, राम्रो सस्कार र आचरण सिक्दैछु।
अहिलेको समय भनेको हामी सबै जना सुरक्षित हुने समय हो। सबैलाई थाहै छ, प्राणघातक कोरोना भाइरस फैलिएर धेरै मनिसको दिन प्रतिदिन मृत्यु भइरहेको छ। झन् यसले हामी जस्ता बच्चा र जेष्ठ नागरिकलाई छिटो असर पार्ने हुँदा हामी सबै जना सजग र सुरक्षित हुन आवश्यक छ। त्यसकाे लागि हामीले कोरोना भाइरसबाट बच्न निम्न उपायहरू अपनाउन सक्छौं।
१. घर भित्र बस्ने,
२. अति आवश्यक काममा मात्र बाहिर जाने र त्यसकाे लागि मास्क, पन्जा र चस्मा लगाएर हिँड्डुल गर्ने र सामाजिक दुरी कायम गर्ने,
३. हात नमिलाउने र नमस्कार गर्ने बानी बसाल्ने,
४. साबुनपानीले हात मिचीमिची धुने र राम्रोसँग स्यानिटाइजर प्रयोग गर्ने,
५. खोक्दा र हाछ्युँ गर्दा रूमालले नाक र मुख छोप्ने
६. भाइरस शरीरमा सजिलै फैलिने र संक्रमित पार्ने भएकाले आँखा, नाक, मुखमा हातले नछुने,
७. ज्वरो, खोकी र सास फेर्न गाह्रो छ भने तुरून्त नजिकको स्वास्थ्य केन्द्रमा जाने र आत्मबल दरिलो बनाउने,
अन्तमा सबैजनालाई सुरक्षित रहन अनुरोध गर्छु। हाम्राे भविष्य हाम्रै काँधमा छ। अब केही समय धैर्य गरौं त्यसपछि दैनिक काम सरल हुनेछ। हामी पुनः स्कुल जान पाउनेछौं।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)