सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
हरेक वर्षको चैत र वैशाख महिना हामी नानीबाबुहरूलाई विशेष हुन्छ। जस्तो वसन्त ऋतुमा रूख बिरूवामा नयाँ पात पलाउँछन्। त्यसैगरी हामीहरू पनि एउटा कक्षाबाट अर्कोमा जाने खुसी र परीक्षा सकिएपछि तिनै पालुवा पलाएका रूखहरू हेर्न खुसी हुन्छाैं।
हरेक वर्षजस्तो यो वर्ष पनि चैतको ५ गते पहिलो हप्तादेखि परीक्षा हुने रूटिन आएको थियो। तर कोरोनाका कारण हाम्रो परीक्षा लगभग ८ दिन अगाडि सरेको थियो। परीक्षा छिटो सकिने भयो भनेर अरू साथीहरू जस्तै म पनि खुसी नै थिएँ।
परीक्षा सकिएपछि गाउँ जाने आफन्तहरू भेट्ने, रमाइलो गरेर पहिलो वर्षको भन्दा बढी रमाइलो गर्ने, छिटो परीक्षा सकिएपछि छुट्टी पनि लामो नै हुन्छ भनेर मेरो मन गदगद थियो।
गएको वर्ष विभिन्न ठाउँ घुम्न गएका थियौं। विदेशबाट आउनु भएको बाबाममी, दिदीहरू भएर पोखराका विभिन्न ठाउँ घुम्न गएका थियौं। परीक्षा पछिको छुट्टी सबभन्दा रमाइलो छुट्टी हो हाम्रो लागि। यो छुट्टीमा गृहकार्य पनि हुँदैन। ममीले पनि घरमा पढ् भनेर भन्नु हुन्न। नयाँ कक्षामा जाने खुसी र पढ्न नपरेर रमाइलो गरेर घुमेर मात्र जाने छुट्टी भएर म मात्र हैन मेरा साथीहरू पनि खुसी हुन्छन्। हजुरहरू पनि हुनुहुन्छ होला।
यसपालिको परिक्षापछिको छुट्टी म र साथीहरूले हैन घरको बाबाआमा, मामा, ममी अनि हजुरहरू कसैले पनि नदेखेको र नसोचेको छुट्टी भयो। चीनबाट सुरू भएर विश्वभर फैलिएको सरूवा रोग कोरोना भाइरसले मेरो खुसी खोस्यो। न गाउँ जान पाएँ, न विदेश भएको बाबासँग भेट्न पाएँ। न त फिल्म हेर्न नै जान पाएँ।
मानिसको सम्पर्कबाट सर्ने यो रोगले विश्वभार आजसम्म धेरै मान्छे मरेका र बिरामी भएका छन्। यसै कारण हामी जनताको स्वास्थ्यलाई ख्याल गरेर हाम्रो देशमा पनि लकडाउन गरेको छ। यो समयमा अति आवश्यक नपरेसम्म बाहिर जान हुन्न। हाम्रो देशले मात्र हैन संसारभर नै कोरोनाको औषधि भनेको घरमा बस्ने हो। सबभन्दा नराम्रो कुरा त यो रोगको अहिलेसम्म औषधि बनेको छैन। थुप्रै घाटा र दुःख भए पनि लकडाउनले मलाई केही राम्रा कुरा पनि सिकायो।
जस्तै,
१. बाहिर गएर आएपछि साबुनपानीले हात धुने,
२. अपरिचित मान्छेसँग हात मिलाउने अंकमाल गर्न नहुने,
३. भिडभाडमा जतिसक्दो थोरै जाने,
४. खालि समयमा केही कथाका किताब पढ्ने,
५. कथाहरू कापीमा सार्ने र बोल्न सिक्ने,
६. आफूलाई मन भएका कुराहरू नाच्ने, चित्र बनाउने, माटाको भाँडाहरू बनाउने।
यस्ता कुरासँगै लकडाउनमा आहिले चलनमा आएको टिकटक बनाएर रमाउने पनि गरे। जसले गर्दा आफूलाई ठूलो मान्छे सित बोल्न सजिलो हुने रहेछ। पहिला अरूसँग केही बोल्न लाज लाग्ने म आजभोलि खुलेर बोल्न सक्ने भएको छु। नाच्न केही जानेको पनि छु। सबभन्दा राम्रो काम त मैले योग सिकेँ। मैले करिब ५० थरीका आसनहरू सिकेँ। मैले आफैंले दसवटा जति भिडिओ पनि बनाएकी छु।
वैशाख पहिलो हप्ताबाट खुल्ने स्कुलको अहिले सम्म रिजल्ट पनि आएको छैन। हामी सबैलाई अहिले घरमा बसेर कोरोना रोगसँग लड्नेबाहेक अरू सोच्न पनि हुँदैन। यसपालिको छुट्टीमा मैले पनि कक्षाका साथीहरूसँग फेसबुक, मेसेन्जरमा भिडिओ कल गरेर गफ गरेँ। मैले बनाएका माटोको भाँडा देखाएँ अनि उनीहरूको पनि हेरेँ।
काेराेनाको औषधि पत्ता लागोस् छिट्टै अनि हामी पहिला जस्तै स्कुल जान पाऊँ। हामी सबै जना घरमै बसेर यो रोगसँग 'फाइट' गरौं। अनि जितौं। बाहिर जाँदा मास्क लागाएर जाऊँ। पन्जा लगाएर जाऊँ। घर आएपछि साबुनपानीले हात धोऔं र स्यानिटाइजर लगाऊँ।
(अन्जिता पौडेल कास्की मोडनाइज्ड एकेडेमीमा कक्षा ३ मा अध्यानरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)