सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
शिक्षा ज्ञान तथा सिप सिक्ने र सिकाउने पद्धति हो। याे निरन्तर चलिरहने प्रक्रिया हो। जन्मदेखि नमरून्जेलसम्म कुनै न कुनै रूपमा चलिरहेको हुन्छ। शिक्षा नै एउटा यस्तो साँचो हो जसले विद्यार्थीको सुन्दर भविष्यको ढोका खोल्ने काम गर्छ।
विद्यार्थीको सुन्दर भविष्यको ढोका खोल्ने शिक्षा अहिले कोभिड (कोरोना भाइरस) को कारण निरन्तर रूपमा अगाडि बढ्न सकेको छैन। विश्वभर त्रासको वातावरण सृजना गरिरहेको यस कोराेनाले गर्दा पढ्ने विद्यार्थीहरू मानसिक तनावमा छन्।
विद्यार्थीहरू तनावमा छन् भन्ने कुरा मैले आफ्नो अनुभवले थाहा पाएको छु। किनभने मेरा साथीहरूले अझै मलाई भन्ने गर्छन् कि उनीहरू एसइईको प्रतीक्षा गरिरहेका छन्। जब कि सरकारले लकडाउन थपेको थप्यै छ।
उनीहरू यस आशामा बसिहेको छन् कि छिटो लकडाउन खुलोस् र एसइईको परीक्षा छिटो सम्पन्न होस्। उनीहरूलाई कोरोनाको डर पनि छ।
विद्यार्थीले पहिले सुरक्षित हुनु पर्यो। यस्ता परीक्षा त कति दिइन्छ कति भनेर भन्ने गरेकाे पनि पाइन्छ। यसरी कति दिइन्छ कति भन्नेहरू नै पढ्ने गरेका छैनन्। मेरा साथीहरूले भन्ने गर्छन् कि जब एसइई परीक्षा हुने कुरा पूर्ण रूपमा सरकारबाट नै पारित भएर आउँछ तब पढ्न सुरू गर्ने रे।
अहिलेका विद्यार्थीहरू मोबाइलमा अनलाइन गेममा बढी सक्रिय छन्। जसरी तिमीहरूले गेममा आफ्नो समय बिताउने गर्छौ, त्यसको हिसाबले त तिमीहरूको भविष्य अन्धकार भइरहेको छ।
कोभिड १९ बाट आफू पनि बचौं, अरूलाई पनि बचाऔं।
(विनोद चौधरी श्री डिल्ली सावित्रीमा विद्यालय धुनिवेशी, धादिङमा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)