सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
डियर कोरोना
धेरै बोर नगरन
हाम्रो नेपाल स्वच्छ छ
यसमा फोहोर नगरन।
स्कुल जान मन लाग्यो
बन्द नगरन
घरमा बस्दा बस्दा झ्याउ लाग्यो
धेरै गन गन नगरन।
ऋणै ऋण छ
जीवन धान्न लिएको
तिमी आएर,
किन हामीलाई दुःख दिएको।
हामी हाम्रो काममा व्यस्त
तिम्रो भयो जन्म
जन्मे पछि कहिले जान्छौ,
भन्दै कुरा गर्छु मनमा।
हात मुख धोइकन
बन्छौं हामी ज्ञानी
भागी जाउ तिमी चाडैं
बुझिदेउ न अनि।
(सक्षम सुवेदी पाठशाला नेपाल फाउन्डेसनमा कक्षा ८ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com