सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
स्कुल जाने रहर भयाे, लकडाउन भएको नि दुई महिना भइसक्यो
साथीभाई देख्ने, भेट्ने, सँगै खेल्ने रहरले मन अतालियो
अनलाइन भेटे पनि कहाँ हुन्छ स्कुलमा भेटेजस्तो
हामी सबको खुसी खोस्न आयो कोभिड कस्तो?
सुरक्षित बसौं साथी घर भित्र परिवारमै रमाएर
लागि सक्यो रोग भने काम छैन पछि पछुताएर
बिन्ती गर्छु कोरोना मान्छेलाई धेरै दुःख नदेउ अब
प्रकृति प्रेम, मानवियता, बुझिसक्यौ हामी सब
गुरू, गुरूआमा सबैलाई कविताबाटै गरे नमन
सबै मिली घरै बसी कोरोनालाई छिट्टै भगाम
(आदित्य गैह्रे प्रिमीयर इन्टरनेशनल स्कुल खुमलटार, ललितपुरमा कक्षा ७ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com