सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
बाँच्छु र बचाउँछु, रम्छु र रमाउँछु
संघर्षले नै मेरो देश स्वर्ग बनाउछु
गर्व गर आफूलाई नेपाली हुनुमा
स्वर्ग जस्तो यो देशमा जन्मन पाउनुमा।
नमरी स्वर्ग देखिन्न भन्थे सबै
भाग्यमानी रहेछौ तिमी यो स्वर्गमै जन्मँदा
जन्मेदेखि यही देशको हावापानीमा रमायौ
भन अब देशको लागि के गरेर देखायौ?
सानैदेखि यही माटोमा हाँस्यौ, खेल्यौ, दौडियौ
विदेशको मात लागि यो देशलाई हेप्यौ
जन्मँदै यो मुहारमा सगरमाथाको छाया पर्यो
खोलानाला सुन्दर नेपाल जलरानी बन्यो।
हिमाल, पहाड यो देशलाई प्राकृतिक बनायौ
सानो प्यारो नेपालमा अहंकार मच्चायौ
प्राकृतिक सम्पदाले भरिपूर्ण नेपाल
यहाँ छन् संसारभरकै अग्लो-अग्लो हिमाल।
वीर नेपालीले यो मातृभूमि बचाए
सलाम छ मेरो जसले यो मुलुक जोगाए
हिमाल, पहाड, तराई कोही छैन पराई, सबै मेरै घरवार
सबै जातजाति, भाषा, धर्म मेरै परिवार।
नेपाल मेरी आमा र म उनको सन्तान
यो देशको रक्षा गर्न सकूँ मात्र यति देऊ वरदान
नेपाल नै नभए कहाँ हुन्थ्यौ नेपाली
जन्म दिने आमालाई शिर माथि उचाली।
हाम्रो देशको संस्कृति छ रंगीबिरंगी फूल
यो फूलबारीको सौन्दर्यमा छैन केही भूल
यो फूलबारी सजाउन धेरै फूल चाहिन्छ
देशको विकासमा सबैको हात चाहिन्छ।
विविध परम्परालाई एकै संगम जनाई
मनाऊँ सबै परम्परा सहिष्णु भई
त्यसैले त भन्ने गर्छु नेपालमै स्वर्ग छ
हाम्रो नेपाल, हामी नेपालीको बेग्लै सान छ।
सबै मिली एकजुट भई एकता जोगाऊँ
राष्ट्रघात काम गर्नेलाई सजाय दिऊँ
जहाँबाट सुरू हुन्छ त्यही हुन्छ अन्त्य
मेरो लागि मेरो नेपाल सधैं हुन्छ स्वर्ग।
नेपालीको सबै व्यथा विदेशीलाई के थाहा
देशको विकास गर्न अन्त्य गरौं है यो कथा
(सौरभी ढकाल नारायणी इंगलिस पब्लिक स्कुल भरतपुर, चितवनमा कक्षा ८ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com