सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कोरोना भाइरसले जगतलाई रूवायो
हामीलाई घरभित्र बस्न बाध्य बनायो
लकडाउन छ स्कुल बन्द सबै कार्यालय बन्द
बाहिरी आवतजावत बन्द
आकाश हेर्छु निर्मल र स्वच्छ
पहाड पर्बत हिमाल देख्छु सुन्दर र स्वच्छ
धुवाँधूलो र प्रदूषण सबै छ बन्द
लकडाउनले परिवारसँग अझै रमाउन सिकायो
मिलीजुली हाँसीखुसी खेल्न सिकायो
योग ध्यान गर्न अभ्यस्त बनायो
राम्राराम्रा अक्षर लेख्न बानी बसाल्यो
पढ्नमा अझै ध्यान दिन सिकायो
खानपिनमा लकडाउनले सुधारै ल्यायो
माछामासु खान लगभग बन्दै गरायो
जंकफुड, बर्गर, पिजा खान बन्देज गरायो
हरियो सागसब्जी बढी गेडागुडी खान सिकायो
मांसाहारी भन्दा शाकाहारी राम्रो भन्ने पाठ सिकायो
(प्रभात भडेल सेन्ट जेभियर्स स्कुल जावलाखेलमा कक्षा ७ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com