सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
हामी साना बाबुनानी
ज्ञानी भई पढ्छौं हामी
भविष्यमा असल बनेर
ठूलो मान्छे बन्छौं।
कक्षामा गुरूले पढाउँदा
ध्यान दिएर सुन्छौं,
गृहकार्य दिँदाखेरी
सधैं पूरा गर्छौं।
ठूलो भएर बाबुआमाको
सपना पूरा गर्नेछौं।
आज्ञाकारी बनेर
सबैलाई हँसाइ राख्ने छौ।
फूलझैं फूलेर मीठो
बासना छर्ने छौं।
राम्रो काम गरेर
असल मान्छे बन्ने छौं।
(कन्चन क्षेत्री र कुसुम क्षेत्री कक्षा ५ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com