सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
ढाक्यो जम्मै गाउँ सहर
आयो हजुर कोरोना कहर
बन्द छन् विद्यालय सडक अनि पसल
घरभित्र बसेदेखि हुन्छ राम्रो असल।
विश्वभरि आतंक छ, संक्रमण झन् कति
सजग बनौं, लापरवाही नगरौं एकरत्ति
मृत्युदर बढिराछ, अत्यास लाग्दो भाछ
कहिलेसम्म यस्तो हुने न कसैलाई थाहा छ।
हात धुनू मिचिमिची स्यानिटाइजर लाउनू
घरबाहिर जानुपर्दा माक्स लाउनू
फोनबाट कुरा गरौं भेटघाट गर्नु हुन्न
घरमै बसिरहे पनि पढाइ छाड्नुहुन्न।
टिभी नेट रेडियोमा पढाइ हुन्छ हेर
घरमै रमाइलो गर्नुपर्छ परिवार मिलेर
अहिलेसम्म कसैले पनि पाएको छैन यसकाे रहस्य
एक दिन यसकाे औषधि बन्नेछ अवश्य।
(आविस्कार शर्मा पञ्चकन्या मावि बेलकोटगढी न पा ११, नुवाकोटमा कक्षा १० मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com