सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम आरोग्य पाण्डे हो। म अहिले कक्षा ४ मा पुगेँ तर कोरोनाले गर्दा म स्कुल जान पाएको छैन। मेरो स्कुलले अनलाइन कक्षा सुरू गरेको छ। हरेक दिन एउटा विषयको पढाई साथै गृहकार्य पनि हुन्छ।
यो लकडाउनको बेला घरमै बसेर मैले धेरै कुरा सिक्ने मौका पनि पाएको छु। मेरो बाबाआमा जागिरे भएकाले म धेरै समय वहाँहरूसँग बस्न पाउँदिन थिए। अहिले म मज्जाले समय पाएको छु। मेरो बाबासँग फुटबल खेल्छु। मलाई सबैभन्दा धेरै मनपर्ने खेल हो।
यो समयमा मैले मेरो आमासँग भान्सामा पकाउन पनि सिक्दैछु। मैले साग केलाउन, अण्डा पकाउन, भाँडा माज्न, चिया पकाउन सिकेँ। मैले तरकारी काट्न पनि जाने।
यस समयमा मैले धेरै कथा पनि लेखेको छु। कागजको पुतली, पंखा पनि बनाएको छु। मेरो स्कुल सभ्यता पाठशाला एकदमै सम्झिरहेको छु। म भगवानसँग प्रार्थना गर्छु कि यो कोरोनाकाल छिटो सकियोस्।
कसैलाई केही नहाेस् र हामी फेरी मिलेर खुशी भएर बस्न पाऔं।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com