सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मानव जीवनले अहिले निकै विषम परिस्थिति भोगिरहेको अवस्था छ। चीनको वुहानबाट कोरोना भाइरस तीव्र गतिमा फैलिएर अहिले सिंगाे विश्वलाई नै त्रसित बनाइरहेको छ।
सन् २०१९ डिसेम्बरमा सुरू भएको कोभिड १९ यति लामो अन्तरालसम्म आइपुग्दा पनि अझै नियन्त्रण हुन सकेको छैन। अहिले विश्वका करिब सबै राष्ट्रले यस परिस्थितिलाई सामना गरिरहेको अवस्था छ।
यसले मानव जीवनलाई नै अस्तव्यस्त बनाएको छ। यस रोगलाई नियन्त्रण गर्न हरेक राष्ट्रले धेरै कदमहरू चालिरहेका छन्। ती कदममध्ये लकडाउनले पनि एउटा सकारात्मक प्रभाव पारेको भन्ने विभिन्न अध्ययनले निष्कर्ष निकालेको छ। लकडाउनले गर्दा मानव जीवनलाई अस्तव्यस्त पारे पनि विज्ञानमा भएको विकासले अलि सजिलो बनाएको छ। अत्याधुनिक प्रविधिको सहायताले मानिसलाई अत्यावश्यक वस्तुको दुवानीलाई सजिलो बनाएको छ।
विज्ञान र प्रविधिमा विकास भएकाले लकडाउनमा पनि मानिसको दैनिक जीवन केही हदसम्म सजिलो भएको छ। विभिन्न यन्त्रको माध्यमले लकडाउनमा पनि विभिन्न परियोजनामा कम कामदारको प्रयोग गरेर उच्च सतर्कताका साथ अघि बढिरहेका छन्। कोरोनाको प्रभावले विश्वमा अघि बढिरहेका निर्माण कार्यका कामहरू तीव्र गतिमा हुन सकेको छैन। यसमा पनि विज्ञान र प्रविधिले गर्दा धेरै सजिलो भएको छ।
लकडाउनले मानिसको दैनिक जीवनलाई प्रभाव पारिरहेका बेला आधुनिक विज्ञान र प्रविधीले मानिसको जीवनमा धेरै महत्वपूर्ण भूमिका खेलिरहेको छ। विभिन्न प्रविधी र यन्त्रको प्रयोग गरेर मानिसहरूले इन्टरनेटको सहायताले भिडियो सम्मेलन, विद्यालयले इन्टरनेटको माध्यमबाट अनलाइन कक्षाहरू संचालन गरेर आफ्नो दैनिकीमा पारेको प्रभावलाई सजिलो बनाएका छन्।
लकडाउनले धेरै क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पारिरहेको छ। यसमा पनि प्रविधीले धेरै सहयोग गरेको छ। यसैगरी नै हामीले प्रविधिको राम्ररी सदुपयोग गर्याै भने हामीलाई यसले हाम्रो जीवनमा धेरै मद्धत गर्छ भन्ने कुरा हामीले बुझ्न आवश्यक छ।
विश्वभर महामारी रोगको रूपमा फैलिएको कोरोना भाइरसले हामी सबै डरलाग्दो र भयावह स्थितिमा छौं। देशमा कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको छ। हामी सबैलाई सर्वविदित नै छ, यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजक र सतर्कता अपनाउनु नै हो। त्यसैले, लकडाउनको समयलाई सदुपयोग गर्दै आफू सुरक्षित रहन हुन अनुरोध गर्छु।
अझ हामी त विद्यालयका विधार्थी लकडाउनलाई सदुपयोग गरि पढ्ने बानी बसाउन सक्याैं भने हाम्रो जीवनमा धेरै मद्दत गर्छ भन्ने कुरामा म ढुक्क छु।
अन्त्यमा, विश्वमा यो महामारी छिट्टै अन्त्य होस्। हामी हाम्रो सामान्य जीवनमा छिट्टै फर्किने आशा गर्दै मेरो सानो प्रयासलाई यही अन्त्य गर्न चाहन्छु।
(आरोग्य घिमिरे लिटल एन्जलस् स्कुलमा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com