सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
घरैमा बस्नुपर्ने कस्तो दिन आयो
हात मिलाउन पनि संसार डरायो
व्यापारीहरूलाई घाटामा पुर्यायो
काम ठगहरूलाई बहाना दिलायो
एउटा सानो भाइरसले संसार हल्लायो
नाम यसको काेराेना जुन चीनबाट आयो
हल्ला गर्ने नेताहरूलाई चुप लगायो
औषधि नभेटिने कस्तो जीव आयो
विद्यार्थीको पढाइ अप्ठ्यारो बनायो
दिउँसै पढ्न बत्ती चाहिने कस्तो दिन आयो
घमण्डी देशलाई पाठ सिकायो
नमस्ते गर्ने बानी बसायो
परिवारसँग जम्मा हुने अवसर दिलायो
कुन दिन र कुन बार हो भन्ने भुलायो
मानिसहरूको जीवन अप्ठ्यारो बनायो
नेपालको नमस्ते संसारमा छायो
लकडाउनमा बस्दा यो अवश्य हट्छ
त्यसपछि सरकार विकाशमा खट्छ
सबैजना आफ्नो कार्यमा लाग्छन्
संसारका सबै मुलुक फूर्तिसँग जाग्छन्।
(गिरिश मिश्र, बुढानिलकण्ठ स्कुलमा कक्षा १० मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com