सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
बालक हौं हामी, बाल्यकालको
जीवनसँगै हास्छौं।
पढ्ने, लेख्ने, खेल्ने बानी
सधैं साथ राख्छौं।
दादादिदी, भाइबहिनी
सधैं साथ नाच्छौं
आमाबुबा, गुरूले
अह्राएको मान्छौं
भोक लाग्दा ज्ञानी भई
बुबुमाम खान्छौं।
पढी-लेखी ठूलो भई
देशको सेवा गर्छौं
यही देशमा कर्म गरी
यही देशमा मर्छौं।
(परिस्कृत घिमिरे कागेश्वरी मनोहरास्थित 'टेम्पल ट्री मन्टेश्वरी पाठशाला' मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com