सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
धेरै धेरै लाग्छ मलाई
मेरो देशको माया
हिँड्दा मलाई पछ्याउँछ
मेरो देशको छाया।
छ यहाँ सगरमाथा
छ यहाँ बुद्धको घर
धेरै माया लागेर होला
जानै मन छैन अरू कुनै देश
धेरै छन् सुन्दर हिमाल
धेरै छन् हरियाली वन
कहिल्यै नेपाल छोडी जाऊँ
नभनोस् है मेरो मन।
धेरै नै पाइन्छ जनावरहरू
कुनै रातो कुनै कालो त कुनै सेतो
अब मैले नै गर्नु पर्छ
देशको मुहार फेर्ने काम।
पशुपतिनाथ मन्दिर नि यही
भक्तपुर दरबार नि यही
अब कसैलाई नि जान दिन्न परदेश
देशप्रेमी भइ बस्नु पर्छ यही।
(पुजन सैनिक आवासीय महाविद्यालय, भक्तपुरमा कक्षा ७ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com