सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
पढेर मात्र हुन्न हजुर अब किसान बन्नुपर्छ
गाउँघर तिर गई खेतबारी खन्नुपर्छ,
सबैलाई बचाउने कृषिकर्म महान रहेछ
जागिरेले नि बाँच्नलाई किसानलाई पैसा गन्नुपर्छ।
सानु रोपेर मान्नु मुट्ठी रोपेर पाथी बनाउनुछ
हेलामा परेको कृषिलाई सबैभन्दा माथि बनाउनुछ,
सधैं भारतको मुख ताकेर कति बस्ने हामी नेपाली
आत्मनिर्भर भई बाँच्ने धेरै साथी बनाउनुछ ।
(संयोजन कोइराला भगवती माध्यमिक विद्यालय, सिन्धुलीमा कक्षा ५ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com