सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
आफूमाथिको आकाश हेर्दा सफा र सुन्दर लाग्छ
साँच्चै निल गगन भनेको यही होला
त्यसैले त क्षितिजपारि पनि
पन्छी उडेको जस्तै लाग्छ।
धूलोधुँवा दुर्गन्ध केही छैन
वातावरण नै स्वच्छ सफा र हराभरा लाग्छ
साँच्चै प्रकृतिको सुन्दरता भनेको यही होला
त्यसैले त शिशिर याममा पनि
वसन्तको फूल फुलेको जस्तो लाग्छ।
झैझगडा गुन्डागर्दी तँछाडमछाड केही छैन
टोल समूह सहर नै शान्त र आनन्द लाग्छ
साँच्चै मानवको मानवता र महानता भनेको यही होला
त्यसैले त हरेक व्यक्ति आफ्नै परिवार जस्तो लाग्छ।
दयामाया र करूणाले मात्र पुग्दैन रहेछ
निदाउन पनि दिँदैन हातखुट्टा गलेर आउँछ
केही गर्ने त के कुरा बोल्नलाई शक्ति छैन
भक्तिले मात्र हुँदैन रहेछ
अन्न पानीको शरीर हो भोक त लाग्दो नै रहेछ
शरीरले सफा सुग्घर र राम्रो हैन
पेटभरी अन्न माग्दो रहेछ।
(एन्जल घजु मदरल्यान्ड माध्यमिक विद्यालय, पोखरामा कक्षा ५ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com