सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
धेरै वर्ष पहिला नालापानी युद्ध भएको थियो। युद्धमा नेपाली सेना अर्थात वीर गोर्खालीले आफ्नो ज्यानको पर्वाह नगरी नालापानीलाई अंग्रेजहरूबाट बचाएका थिए। त्यसरी नै अब फेरि भारतबाट हामीले कालापानी, लिपुलेख र लिम्पियाधुरा बचाउनुपर्छ।
धेरै पछि नेपालको इतिहास दोहोरिने बेला आएको छ। फेरि अरू देश नेपालीको बहादुरी र साहसको अगाडि हार्नु पर्ने बेला आएको छ। त्यसैले हामीले आफ्नो पुर्खाहरूको त्यागलाई सम्झेर यो देशलाई बचाउन पछि सर्नु हुँदैन।
अहिले पनि हाम्रो देशमा धेरै देशभक्तहरू बाँकी नै छन्। देशका लागि संसारसँग लड्ने मानिस अझै नेपालमा छन्। विदेशमा धेरै नेपालीले आफ्नो श्रम त बेचेका छन् तर कसैले आफ्नो स्वाभिमान बेचेका छैनन्।
अहिले भारतले हामीसँग हाम्रो भूमी खोस्दै छ। यो अवस्थामा नेपालकी छोरी मनीषा कोइराला जो भारतमा नै बस्छिन् उनले भारतबाट नै नेपालको पक्षमा बोलेको हुनाले भारतले गाली पनि गर्यो। उनी जहाँ बसे पनि आफ्नो देशको भलाई नै सोचिरहिन्। हाम्रो देशमा अझै पनि धेरै मानिस छन् जो आफ्नो देशको लागि जे पनि गर्न सक्छन्। त्यसैले यो देश अझै पनि सुरक्षित छ।
कालापानी, लिपुलेख र लिपियाधुरा नेपालकै हो। यो कुराको प्रमाण पुरानो इतिहासमा पनि पाइन्छ। भारतले पहिला पनि नेपालको धेरै ठाउँ लगिसकेको छ। अहिले फेरि भारतले हाम्रो भुमी खोस्ने आट गरेको छ तर अब भने नेपाली चुप बस्दैनौं। हामी सबै अब एकजुट भएर भारतसँगको यो लडाइँ जितेर आफ्नो देशलाई बचाएर आफ्नो भूमि बचाउनुपर्छ।
(सन्सिला सुनाम बुढानिलकण्ठ स्कुलमा कक्षा ८ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com