सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
दिनभरी घाम लाग्ने
बेलुका पानी पर्ने
गड्याङगुडुङ आकाशमा
डर मलाई लाग्ने।
हेर्न मन लाग्छ मलाई
झमझम झरी
भरिएर एकैछिनमा
हुन्छ छत भरी।
छाता ओडी रमाउँदै
जान्छु हेर्न पानी
छपछप गर्दै पानीमा
रमाउने मेरो बानी।
(आर्नभी घिमिरे एम्बिसन एकेडेमी नयाँ बानेश्वरमा कक्षा २ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com