सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
जाडो सकियो गर्मी भित्रियो
लामखुट्टेको कहर फेरि बर्सियो
प्रयास त मैले निकै गरेँ
तिमीबाट मुक्ति पाउन
बट्टाका झोल बालेँ, धुप सल्काएँ,
तुलसी, पुदिना सबै रोपेँ
तिमी ज्यादै जिद्दी रहेछौ
कतै न कतैबाट प्रकट भइहाल्छौ
कहिले डेंगी त कहिले मलेरियाले
मानव जातिको होस् उडाउँछौ
त्यति मात्र नभएर
आफ्नो भुन्भुनाहटले हैरान बनाउँछौ
तिमीले टोकेर बनेको त्यो रातो फोका
हेर्दा त्यति दिक्क लाग्दैन
जति तिमी कान नजिकै आएर भुन्भुनाउँछौ
अस्ति तिमीलाई भगाउँदा धन्नै जाली फुटेन
त्यसैले विनम्र अनुरोध छ मेरो
सुटुक्क आऊ र टोकेर जाऊ
तर कानमा भने कदापी नभुन्भुनाऊ।
(कृपा घिमिरे अपि स्कुल धापासी, काठमाडौंमा कक्षा १० मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com