सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
हजारौं साना साना नानीहरू नाच्ने
कोपिला जस्तै मुसुक्क हाँस्ने
भविष्यको बाटो देखाइदिने तिमी
नजानेको कुरा लेखाइदिने तिमी।
घुमिरहन्छौ सधैंभरि तिम्रो सेरोफेरो,
कति सुन्दर, शान्त विद्यालय मेरो।
चम्काइदिनु तारा जस्तै भोलिका दिनहरू,
तिरिदिन्छौं ठूलो भई लगाएका ऋणहरू।
मिर्मिरेको उदाउने घाम जस्तै तिमी,
काखमा च्यापिराख्ने आमा जस्तै तिमी।
घुमिरहन्छौ सधैंभरि तिम्रो सेरोफेरो
कति सुन्दर, शान्त छ विद्यालय मेरो।
(आयाम अधिकारी काठमाडौं मोडल स्कुलमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com