सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
वातावरण स्वच्छ भए
हामी स्वस्थ रहन्छौं
वातावरण जोगाई राखे
हामी निरोगी बन्छौं
वातावरण प्रदूषित भए
हामीलाई रोग लाग्छ
वातावरण बिग्रियो भने
सबैले दुःख पाउँछ
प्रकृति रिसाइन् भने
बाढी पहिरो आउँछ
प्रकृतिलाई माया गरे
चारैतिर हरियाली छाउँछ
त्यसैले वातावरण बचाउँ
देशलाई सफा र स्वच्छ राखौं।
(रूथभिक बुढाथाेकी डिएभी स्कुलमा कक्षा ४ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com