सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
हो खुबै महान छौ तिमी
समान छन् सबै मान्छे भन्छौ बोलीमा
जातपातको भेदभाव मान्दिन भन्छौ शब्दमा
तर सँगै काम गर्न अप्ठ्यारो मान्छौ 'यो' जात न्दै
दिन मान्दैनौं छोरी, बिहे गराउन मान्दैनौं छोराको 'त्यो' जातको भन्दै
हो खुबै महान छौ तिमी
जातभातमा परेर
अन्याय गर्ने र अस्तित्व नै
गुमाउने काम गर्छौ तिमी
समाजको इज्जत र देशमा नै
दाग लगाउने काम गर्छौ तिमी
हो खुबै महान छौ तिमी
जातलाई मात्र मान्छौ तिमीले
ठूलो र महान
यही सोचले गहिरहेको छ
निर्दोषीको ज्यान
मानवभन्दा जात ठूलो मान्ने
हो खुबै महान छौ तिमी
जातमा अझै भेदभाव छ
आदर्शका कुरा गर्दै हिँड्छौ तिमी
एक्काइसौं सताब्दीमा आएर
यस्तो निर्दयी काम गर्दै हिँड्छौ तिमी
मानव भएर मानवकै भावना नबुझ्ने
हो खुबै महान छौ तिमी।
(आँचल अधिकारी लिभरपूल माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com