सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
सानो छु म उमेरले तर म सानो छैन
म त केवल नेपाली हुँ अरू कोही होइन
बख्खु धोती लाउँछु, कहिले कहिले दौरा सुरूवाल
शिरमाथि बोकी हिँड्छु मेरो प्यारो नेपाल
दसैं, तिहार, छठ, सिरूवा मान्छु लोसार पनि
आफ्नो काम पूरा गर्छु मिहेनति बनि
तातै गर्ने पाइला भोलि चढ्छ सगरमाथा
तोते बोल्ने गाउँछन् नेपालकै गाथा
लेख्छु, पढ्छु साथीसँग साथीसँगै खेल्छु
देशका लागि जस्तोसुकै दुःख कष्ट झेल्छु।
(बुढानीलकण्ठ स्कुल, काठमाडौंमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com