सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
लिइ गयौं पूर्खाहरूको रगत बगेको नालापानी
आँखा नगाड अब पाउने छैनौं हाम्रो कालापानी।
भोक तिर्खा सहन्छौं हामी, सहँदैनौं अपमान
लड्न नखोज, लिपुलेक हामी नेपालीको शान।
रातारात मिच्न खोज्यौ हाम्रो नेपालको सीमा
ज्यान दिई लड्नेछौं रोएमा नेपाल आमा।
नेपाल यो गौतम बुद्ध जन्मिएको थलो
लड्न खोजे नेपालसँग हुँदैन तिम्रो भलो।
स्वाभिमानी पहिचान हामीले त्यसै बनाएका हैनौं
देशका लागि जीवनभर लड्ने कसम बिर्सिएका छैनौं।
वीर गोर्खालीका सन्तान हामी आमाका लागि लड्नेछौं जीवनभर
सास रहुन्जेलसम्म लडिरहनेछौं हामी मर्नलाई छैन डर।
(पूर्णीमा जोशी नेपाल पुलिस स्कुल, सामाखुशी काठ्माडौंमा कक्षा नौ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com