सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
कोरोनाको संक्रमण विश्वभरी फैलियाे
यही बेलामा भारतले हाम्रो सीमा मिच्यो।
तिमी आफ्नो सीमाबाट किन यता आउँछौ
हाम्रो भूमि मिचेर कुन्नि के पो पाउँछौ?
इमानदार नेपाली हौं तिम्रो केही लिन्नौं
हाम्रो जग्गा लिई छोड्छौं तिमीलाई दिन्नौं।
हामीलाई दुःख दिन्छौ कस्तो तिम्रो मन?
शत्रु-मित्र के हौ हाम्रो तिमी आफैं भन।
हामी वीर नेपाली हौं झुकाउन्नौं शिर
नखोज है हामीलाई पार्न चीरा चीरा।
भारतमा जन्मिएका भगवान राम
तर तिमी सधैं गर्छौ यस्तो दुष्ट काम।
आफ्नो देश ठूलो हुन्छ भन्छिन् मेरी आमा
हाम्रो शक्ति देखाइदिउँला नभन है साना।
धनका गरिब हौंला तर मनका धेरै धनी
गोर्खा आर्मी बसेका छन् तिम्रै रक्षक बनी।
(स्वीकृति पराजुली सेन्ट जेभियर्स स्कुल, जावलाखेलमा कक्षा ४ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com