सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
कति राम्रा फूलहरू फुलेका
रंगीविरंगी पुतली उडेका
हेर्दा लाग्छ मलाई राम्रो
सुन्दर सानो फूलबारी हाम्रो।
माटो, पानी, मल र हावा
उज्यालो पाए हुर्कन्छ बिरूवा
रातो पहेंलो फूल फुलेका
चरा चुरूंगी खुसी भएका।
हरियो चौरमा पिङ झुलेको
किनार भरी फूल फुलेको
दिदीसँग खेल्दछु जहिल्यै
फूलहरू म टिप्दिनँ कहिल्यै।
बसन्त ऋतु हुन्छ रमाइलो
फूल बगैंचा, मौसम घमाइलो
हेर्दा लाग्छ मलाई राम्रो
सुन्दर सानो फूलबारी हाम्रो।
(निहारिका खनाल कक्षा ४ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com