सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम इङ्शो थेबे हो। म माईजोगमाई गाउँपालिका वडा नम्बर ६ प्याङमा बस्छु। हाल इलाम नगरपालिकाको जुबिलेन्ट ईलाइट एकेडेमीमा कक्षा ५ मा पढ्दैछु। कोरोना भाइरसले गर्दा मेरो विद्यालय बन्द छ।
चैत ५ गते परीक्षा सकेर म मेरो गाउँमा आएको छु। म ३ वर्षको हुँदादेखि नै इलाम सदरमुकाममा ठूलो आमाको घरमा बसेर पढिरहेको छु। यति लामो समयसम्म परिवारसँग बस्न पाएको थिइन। यसरी लामो समय परिवारसँग बस्न लकडाउनले जुराइदिएको छ।
लकडाउनले गाउँघरमा खासै असर पारेको छैन। त्यसैले म पापासँग कहिले दाउरा बोक्न जान्छु, कहिले चिया टिप्न। कोरोना भाइरसको प्रभाव नभएको भए सायद हाम्रो पढाइ धमाधम भइरहेको हुन्थ्यो। अहिले मेरो दैनिक रूटिनअनुसार बिहान र बेलुका १/२ घण्टा पढ्ने गर्छु। केही समय मोबाइलमा गेम खेल्छु।
हाम्रो गाउँमा इन्टरनेटको सुविधा छैन त्यसैले म र म जस्ता धेरै साथीहरू अनलाइन क्लासमा सहभागी हुनबाट बञ्चित भएका छौं।
लकडाउनले मानिसहरूको जीवनमा धेरै समस्या आए पनि गाउँमा भने खासै असर गरेको छैन। हामीले गाउँका अर्गानिक सागसब्जी खान पाएका छौं। गाउँको स्वच्छ हावापानीसँग रमाउन पाएका छौं।
आशा गर्छु कि कोरोना भाइरस चाँडै हटेर विद्यालयमा साथीहरूको माझ पढ्ने वातावरण मिलोस्।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com