सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
स्वर्गभन्दा रमाइलो, छ मेरो गाउँ
नाम सुनेपछि नै, लाग्छ जाउँ ज
गाउँ घरको यादले, सताउँछ खाली
त्यहाँ भए रमाउँथें, ज्यानै फालीफाली
लकडाउनमा याद आउँछ, झिलिमिली गाउँको
हावापानी हरिया घाँस, बिर्सन्न त्यो ठाउँको
त्यहाँ के भइराख्या होला, यति बेला अहिले
त्यो सुन्दर ठाउँ हेर्न, जानी होला कहिले?
मुनि पाथी उफ्रे होलान, बुरूक बुरूक घरमा
सबको जीवन अडेको छ, खेत पाखाको भरमा
गाउँघर बाटै सिकेको, सबलाई गर्न माया
गाउँ घरमा घाम परे, बन्दिन्छु म छाया
जिन्दगीको गोरेटोमा कहिले घाम छाया
खै किन हो गाउँ घरको लाग्ने अति माया।
(कल्याण गौतम सौरदीप बोर्डिग स्कुल, बनस्थली काठमाडाैंमा कक्षा ५ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com