सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
धेरै भयो कोरोना भइरसले स्कुल बन्द भएको
साथी-संगीहरूसँग खेल्ने दिन गएको।
बाबाआमा भन्नुहुन्छ बाहिर जानु हुन्न
घरभित्रै बस्यो भने कोरोना भाइरसले छुन्न।
स्कुलको ढुङ्गेधारा बोटबिरूवाको छाया
स्कुल बसमा घुम्ने ति दिन साथीभाइ र गुरूआमाको माया।
अनलाइन कक्षामा पढ्नुपर्छ इन्टरनेट भए
स्कुल जाँदा सँगै पढ्ने धेरै साथी आजकल कता गए?
मास्क लगाई हिडौं साथी बाहिर जाँदाखेरी
मिचिमिची साबुनपानीले हात धुनु बीस सेकेन्डभरी।
साथीहरूसँग रमाइरमाई सँगै खाजा खाने
झोला बोकी कहिले होला हामी फेरि स्कुल जाने?
(प्रिज्मा तिमिल्सिना कुमुदिनि होम्स माध्यमिक विद्यालय, गैह्रापाटन पोखरामा कक्षा २ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com