सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
अहिले विश्वभर नै कोरोना भाइरसको महामारी फैलिएको छ। यो भाइरस २०७६ साल पौस १५ गते चिनको वुहान सहरबाट फैलिएको हो। यो भाइरसले धेरै मानिसको ज्यन लिएको छ भने धेरै मानिस निको भएर घर पनि फर्किएका छन्।
कोरोनाको कारण विश्वका धेरै देशहरूले लकडाउनको पीडा भोगिरहेका छन्। लोकडाउनले विश्वभर नै मनिसको जिवनलाई असर पुर्याएको छ। यो भाइरसले चीन पछि इटालीमा धेरै क्षति पुर्यायो। केही समयपछि अमेरिकाले यसको मार धेरै खुेप्नु पर्यो। अहिले पनि अमेरिका नै कोरोनाले धेरै संक्रमित र मृत्यु हुने देशमा पर्छ।
नेपालमा २०७६ साल माघ ९ गते ३१ वर्षीय युवकलाई यो भाइरस देखिएको थियो। नेपालमा पहिलो केस देखिएपछि माघ र फागुन महिनाको बीचमा नेपालले यस रोगको व्यापक प्रकोप रोक्नका लागि आवश्यक तयारीहरू, उपकरण र औषधि खरिद, स्वास्थ्य पूर्वाधारको स्तरोन्नति, स्वास्थ्य कर्मचारीलाई तालिम दिएर जनचेतना फैलाउन कदम चालेको थियो। पछि फागुन १९ गते दोस्रो केस पुष्टि भयो। कोरोनाको कारण नेपालमा पहिलो मृत्यु २०७७ साल जेठ १ गते भएको थियो। र अहिले नेपालमा करिब ८ हजार २०० भन्दा बढीमा कोरोना देखिएको छ भने २२ जनाको मृत्यु भएको छ।
कोरोनाको कारण कति मानिसको मृत्यु भएको छ भने, कतिले लकडाउनको कारण खान नपाएर आत्महत्या पनि गरेका छन्। यसको मारमा सबैभन्दा बढी दैनिक ज्यालादारी गरेर खाने मजदुर परेका छन् भने केही मानिस ऋण कसरी तिर्ने भनेर मानसिक तनावमा पनि परेका छन्। कोरोनाको कारण कति मानिसले आफ्नो पेसा व्यवसाय पनि गुमाउनु परेको छ।
कोरोनाको कारण विद्यालयहरू पनि तत्काल खोल्न सक्ने अवस्थामा देखिदैन। त्यसको बाबजुद विद्यालयहरूले अनलाइन क्लास सञ्चालन गरेका छन्। तर पनि सबै विद्यार्थी अनलाइनमार्फत सामेल भई पढ्न गार्हो छ।
अझै पनि कोभिड १९ उच्च गतिमा बढी रहेको हुँदा हामी अझै सतर्क हुन जरूरी छ। अति आवश्यक कामबाहेक घरबाट बाहिर निस्कनु हुँदैन र अनिवार्य रूपमा हामीले माक्सको उचित प्रयोग गर्नुपर्छ। हामी धेरै भिडभाडमा जानु हुँदैन र सकेसम्म सामाजिक दूरी कायम गर्नुपर्छ। हातखुट्टा समयसमयमा साबुनपानीले मिचिमिचि धुनुपर्छ।
कोरोना भाइरसबाट आफू पनि बचौं र अरूलाई पनि बचाउ।
(प्रसुन चापागाई सिद्धार्थ वन्स्थली इन्स्टिच्युटमा कक्षा ९ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com