सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
कोरोना आइसक्यो हाम्रो गाउँ घरमा
लड्नु पर्छ यो रोगसँग लकडाउनको भरमा।
साबुनपानीले मिचिमिची हात धुनुपर्छ
यति काम गर्यो भने कोरोना त मर्छ।
मास्क लगाउ, पन्जा लगाउ, घरबाहिर जाँदा
राम्रोसँग पकाएर खाउँ खाना खाँदा।
ज्वरो आए, खोकी लागे जचाउन जाउँ
सफा, स्वच्छ, ताजा खाने कुरा खाउँ।
एकअर्कामा सामाजिक दूरी कायम गर
यति काम गर्यौ भने कोरोना जान्छ पर।
(साहिर लामिछाने अमा दवलम एकेडेमीमा कक्षा ५ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com