सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
लकडाउन खुल्ने पाली आयो अहिले
स्कुल जान पाइएला खै कहिले
कोरोनाले गर्दा नै हो स्कुल नखुलेको
स्कुल नजाँदा छु की मैले भुलेको
कहिलेकाहीँ त कथा, कविता पनि लेखें मैले
अनलाइन कक्षा सुरू भयो विद्यालय खुल्छ कहिले
जुम एप डाउनलोड गरी अनलाइन पढाइ भा'छ मेरो
नेपालको जग्गा भारतले किन आफ्नो भन्छ सेरोफेरो
लकडाउन खुलेकोले अफिस जानुहुन्छ बुवा
मलाई पीर लाग्छ कसले देला हलुवा
बाहिर निस्किनु हुन्न कोरोनाको बेला
कोरोनाको बेलामा लाउनु हुन्न है मेला
अलिअलि गाडीहरू चल्न थाले अहिले
पढ्न जान मन लाग्यो विद्यालय खुल्छ कहिले
(रूबस पराजुली जी .एस. निकेतन स्कुल हेटौंडा, मकवानपुरमा कक्षा २ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com