सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
जाजरकोटको घटनाले न्याय पाउनुपर्छ
हत्यारालाई कठघरामा उभ्याउनु पर्छ
माया नै गरेका थिए नवराजले, पाप होइन
बलात्कार गर्नु पाप हो, माया गर्नु हाेइन
कानुनको कठघरामा दोषी आउनुपर्याे
नवराजको परिवारले न्याय पाउनुपर्याे
हात काटे सबकाे रातै रगत आउँछ
गला चल्छ, कला चल्छ, मान्छे अछुत किन?
कति सपना बोकेर हिँडेथे नवराज
जातकै कारणले गुमाए ज्यान
कति बढेका छन् देशमा घटना
कति गएका छन् मानिसका ज्यान
कति रोए आमाबुवा
कति रोए दिदीबहिनी
आखिर कसले सुने तिनको आवाज?
सबै मिली अघि बढ्नुछ
नवराज जस्ता युवालाई न्याय दिलाउनुछ
कसलाई पनि नपरोस् यति धेरै पीडा
कुनै आमाले पनि गुमाउन नपरोस् आफ्नो छोरा
(सोनु परियार चन्द्राेदय माध्यमिक विद्यालयकी एसइई विद्यार्थी हुन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com