सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
सुन्दर शान्त मेरो देश नेपाल
हिमाल, पहाड र तराई
यहाँ कोही छैनन् पराई
मिलीजुली बस्नुपर्छ हामी सबै रमाई
डाँफे मुनाल कोइली गाउँछन् मीठो गीत
सुन्दरताले लगाएको छ प्रकृतिसँग मीत
बहुल जाति, भाषा, धर्म संस्कृतिको खानी
कति धेरै मठ-मन्दिर देव-देवालयको धनी
विश्वलाई चिनाउने सगरमाथा हाम्रो
सुन्दर ताल पोखरी हेर्दा झनै राम्रो
बुद्धजस्ता ज्ञानी महान पायौ यही भूमिमा
त्यसैले त पर्यो, मेरो देश विश्व सम्पदा सूचीमा
(यथार्थ बस्नेत बुढानीलकण्ठ स्कुलमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com