सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
पृथ्वीको गोलार्द्धमा
समय निरन्तर चलिरहेछ
सात अर्ब मान्छेहरू
सात महिनासम्म टक्क अडिरहेका छन्
आफ्ना नित्य कामबाट
दैनिक जन–जीवनबाट
साँघुरो घेरामा बसेका छन्
सम्भवत,
सबैको मस्तिष्कलाई
त्रसित बनाइरहेको छ
सायद!
फूल भएर आएको भए
यो विश्व नै सुगन्धित हुने थियो
मानव जगत तिम्रो सुन्दरतामा रमाउने थियो
तर, भाइरस बनेर आयो
पूरै गोलार्द्धमा तिमीबाट त्रसिद छ
के बालक, वयस्क, वृद्ध
संघर्षको यात्रामा
आज तिमीसँग संघर्ष गर्नुपरिरहेको छ।
यात्राको दौरानमा धेरै अपराजित भइसके
लासहरूमा परिणत भइसके
कति त संघर्षको दौरान छन्
र कतिले तिमीलाई जितिसकेका छन्।
थाहा छ, मानव आविष्कार
विज्ञानले तिमीलाई पराजित गर्ने छ
विस्तारै मुस्कानहरू आउनेछन्
साँघुरा मनहरू खुल्नेछन्
लयबद्ध नयाँ गतिमा
मानव पाइलाहरू अघि बढ्ने छन्, र
तिम्रो अन्त्यमा उत्सव मनाउने छन्।
इतिहासमा दर्ज हुनेछ
सधैंको लागि बिदा हुनेछौ
कोरोना भाइरस तिमी
र
यो पनि सत्य हो,
मानव समाजको संघर्ष अन्तै मोडिने छ
रोग, भोक, शोक
हाम्रा साझा हुनेछन्।
सायद,
यसलाई अन्त्य गर्न
अर्को नयाँ पाइला अवश्य चाल्नै पर्छ।
(प्राशना दर्नाल सेन्ट जेभियर्स स्कुल, ललितपुरमा कक्षा ७ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com