सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
आफू भोकै बसिरहिन् कयौं दिनरात
तर अमृत छरिरहिन् सन्तानको साथ
आमा भन्नु धरती हो सहनशीलतामा
कहाँ खोजु संसारमा मेरी प्यारी आमा।
बाबा भन्छन् पठाउनु पैसा कमाएर
छोरी मान्छे नाना-चाचा औँला समाएर
छोरो भन्छ खेलौनाले भरिल्याउनु झोला
आमा भन्छिन् मेरो बाबु भोकाएको होला।
चाहे पूज ब्रह्मा विष्णु, चाहे शिव पुज
आमाभन्दा ठूला देउता कुनै छैनन् बुझ
मन्दिर नजाऊ भन्दिन म, सधैं जाऊ
सबैभन्दा ठूलो तीर्थ माताजीकै पाउ।
(प्रज्वलिता चापागाई साइनीङ्ग स्टार आवासीय माध्यामिक विद्यालय, सानेपा ललितपुरमा कक्षा ५ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com