सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कक्षा जस्तो स्कुल गएर पढ्न नपाए पनि महामारीको समयमा अनलाइन हाम्रो पढाइ सुरू गर्न धेरै सहयोगी भएको छ। इन्टरनेटबाहेक रेडियो र टिभी जस्ता माध्यमबाट पनि दूरशिक्षा सुरू भएको छ।
हामी जस्ता धेरै विद्यार्थीले आफ्नो अध्ययन जारी गर्न सकेका छाैं। सहरमा बस्ने र इन्टरनेट, रेडियो र टिभी जस्ता माध्यमको पहुँच भएका विद्यार्थीहरूले त यस्तो संकटका समयमा पनि आफ्नो पढाइ गर्न सकेका छन्।
नेपालको गाउँघरमा बस्ने तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूले दूर शिक्षाबाट पढ्न सकेका छैनन्। यो एउटा ठूलो समस्या हो। मलाई दूर शिक्षा मन परेता पनि विद्यालय जान सारै मन लागेको छ।
मलाई विद्यालयमा आफ्ना शिक्षक र साथीहरूसँग भेटेर पढ्न र खेल्न मन छ। तर कोभिड–१९ को महामारी समयमा सुरक्षित भएर घरमै बस्नुपर्छ।
कोरोना भाइरसबाट बच्न सामाजिक दूरी कायम राख्नुपर्छ। सयम समयमा साबुनपानीले मिचीमिची हात धुनुपर्छ। अति आवश्यक कामका लागि घरबाहिर जानु पर्यो भने मास्क लगाउनुपर्छ।
मलाई आशा छ, यो समस्याको चाँडै समाधान हुन्छ। हामी पहिलेजस्तै सामान्य रूपमा स्कुल जान र अरू काम गर्न सक्छौं।
धन्यवाद!
(प्रज्ञान गौतम कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com