सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
हरेक दिन आइतबार, सोमबार उस्तै छ
दिन र महिनाको फरक थाहा पाउन गाह्राे छ।
सबै जना छन् घरभित्र बन्द
प्रभुले दिनु भएका छन् सबैलाई दण्ड।
पिंजडामा बन्द छौं जनावर जस्तै हामी
क्वारेन्टाइनमा छौं दिन रात हामी।
हेर्दा हेर्दै बित्न लाग्यो अर्ध वर्ष हाम्रो
नराम्रो दिन हेरि सक्यौ अब कहिले आउँछ दिन राम्रो।
काम छैन, जागिर छैन के गर्ने अब हामी
पैसाको के महत्व जब छैन अन्न पानी।
सकेनौं हामीले सफा राख्न यो देश
सफा राख्यो प्रकृतिले आफूलाई बदलेर आफ्नो भेष।
बिताइराछौ परिवारसँग हामी आफ्नो दिन
रोइराछन् मान्छेहरू चुकाउन नसकेर ऋण।
वैज्ञानिक, डाक्टर लागेका छन् बचाउन मानिसका जीवन
आजको जीवनले देखाइराछ हामीलाई आउने भोलिको जीवन।
(मिसिका जयसवाल बुढानिलकण्ठ स्कुलमा कक्षा ६ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com