सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
संसारका सबै मानिस छौं है एकनास
भेदभाव हुन्न भनौँ र गरौं पनि आश।
कोही पनि ठूला छैनन् साना पनि होइनन्
विद्वान् बन्दा छुतअछुत भनेका नि छैनन्।
जातजाति वेषभूषाको आदर गर्नुपर्छ
हेप्ने होइन सदैब गौरब गर्नुपर्छ।
बाँच्ने रहर सबैको रातै हुन्छ रगत
अर्कालाई हेला गर्ने काम हो नै गलत।
धनी गरिब कोही किन पानी बाराबार
एउटै हातमा हुन्छ कहाँ औँला बराबर।
बाचा गरौं हामी सबै भेदभाव गर्ने छैन
एक समान सबै मानिस असमान हैन।
(सिद्धान्त यादव बुढानीलकण्ठ स्कुल नारायणस्थान, काठमाडौँमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com