सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
निश्चल माया दिने उहाँ
नाम दिने उहाँ
कर्म दिने उहाँ
काम सिकाउने उहाँ
हजुरको साथ पाएमा
हजुरको हात पाएमा
म धेरै पढ्ने छु
अघि बढ्ने छु
अब कर्म मेरो हो
अब धर्म मेरो हो
हजुरको मान राख्ने छु
हजुरको नाम राख्ने छु
हजुरको कुरा मान्ने छु
राम्रो कर्म पाउने छु
हजुरको इज्जत राख्नेछु
बाबा, म हजुरको सुपुत्र कहलाउनेछु।
(आर्विन सुवेदी काठमाडौं विद्या कुञ्ज मा.वि. धापासी, काठमाडौंमा कक्षा ५ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com