सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
कोरोनाले बीस-बीस मिनेटमा हात धुने बनायो
साथीहरू भेट्न नपाउँदा मन साह्रै रूवायो
स्कुल जाने रहर पनि आजकल विस्तारै हरायो
कम्प्युटर र मोबाइलमा अनलाइन कक्षा चलायो।
साथीभाई सबै सँगै कराउँछन्, न बुझिन्छ पाठ राम्रो
यसरी नै वर्ष बिते के होला भविष्य हाम्रो
कहिले बत्ती जान्छ नेट जान्छ कहिले पढ्ने बेला मैले
भन्नु न म्याम म स्कुल आउन पाउछु अब कहिले?
आजभोलि जताततै कोरोनाको डर
झोला बोकी स्कुल जान लाग्छ मलाई रहर
अग्रणी बिष्ट गोरखकाली इङ्लिश बोर्डिङ सेकेण्डरी स्कुल, माछापोखरी काठमाण्डौंमा कक्षा २ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com