सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
डाँफे चरी राष्ट्रिय पंक्षी हो हाम्रो
नौरंगी भएकाले देखिन्छ है राम्रो।
डाँफे बस्छ चिसो-चिसो हिमाली क्षेत्रमा
हेर्न पनि पाइन्छ यो चिडियाखानामा।
किराफट्याङ्ग्रा खानलाई यसले मन पराउँछ
तर बाजसँग भने निकै डराउँछ।
डाँफेको शिरमा हुन्छ नि सिउर
योभन्दा अलि फरक छ है मयूर।
सिउरको अर्को नाम भन्छन् है कल्की
हिमालको काखमा डाँफे नाच्छ ढल्की ढल्की।
डाँफेका शत्रु रहेछन् चील अनि बाज
मलाई नि मन लाग्यो डाँफे हेर्न आज।
(रूबस पराजुली जी.एस निकेतन मा.वि हेटौंडा, मकवानपुरमा कक्षा २ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com