सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता :
तिम्रो आँखामा बसेकी छु उज्यालो दिनका लागि
तिम्रो मुटुमा बसेकी छु धड्कन दिनका लागि
तिम्रो शरीरमा बसेकी छु तिम्रो रक्षा गर्नका लागि
हो आमा म छु तिम्रो लागि, म छु तिम्रो लागि
म मर्छु तिम्रो लागि
म बाँच्छु तिम्रो लागि
म खेल्छु, नाच्छु, गाउँछु तिम्रो लागि
म सुत्छु, उठ्छु, उड्छु तिम्रो लागि
केही गर्नु छ मैले तिम्रो लागि
अघि बढ्नु छ म तिम्रो लागि
त्यसैले आमा,
म जन्मेकी छु तिम्रो लागि
मेरी आमा...मेरी आमा...मेरी आमा।
(पल्लवी कोइराला सेन्ट मेरिज हाइ स्कुल, जावलाखेल ललितपुरमा कक्षा ३ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com