सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
नदीनाला हरियाली वन आहा! कति राम्रो
स्वर्गभन्दा प्यारो लाग्छ नेपाल देश हाम्रो।
चाँदी जस्तो सेतो हिमाल मुस्कुराउँछ फेरि
डाँफे उड्दा, मयुर नाच्दा गुँरास फुल्दा खेरि।
जन्मे यहाँ गौतमबुद्ध शान्तिको दूत बनी
हत्या हिँसा त्यागी सबै ज्ञानी बन्नु भनी।
विश्वसामु चिनाउने सगरमाथा मेरै देशमा
सबै जाति, सबै धर्म हामी सबै आफ्नै भेषमा।
साहस र परिश्रम गरी देशको विकास गरौं
सुख्खा र बाझाे जमिनलाई मलजल गरी हरियालीले भरौं।
मलाई के दियो देशले यस्तो भाव राख्नु हुन्न
मैले के दिन सके देशलाई भनी अब पछि हट्नु हुन्न।
आफ्नै हातले पौरख गर्न सबै मिली आऊ यता
एकअर्कामा हातेमाले गरी जोगाउन हाम्रो राष्ट्रियता।
(प्रत्युषा बस्नेत युरो स्कुलमा कक्षा ६ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com