सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
तोते बोली बोल्दैबाट अक्षरहरू घोक्ने
दुई–तीन वर्ष हुँदादेखि किताब–कापी बोक्ने
कोपिलामै सुरू हुन्छ विद्यार्थीको जीवन
फूल फुल्न, फल लाग्न बढ्दै जान्छ झन्-झन्।
किताब–कापी साथी हाम्रो स्कुल दोस्रो घर
गुरूआमा गुरूहरूको पर्ने गर्छौं भर
दिन बित्छ, महिना बित्छ, बित्छ वर्षौं वर्ष
विद्यार्थीको जीवन हाम्लाई लाग्दै जान्छ हर्ष।
ज्ञान सीप सिक्दै जान्छौ बन्दै असल ज्ञानी
देशको जिम्मा काधँमा बोक्ने कर्णधार बनी
इन्जिनियर, डाक्टर बन्दै विकासका खानी
अघि बढ्छौं देशको मुहार फेर्नु पर्छ भनी
(शास्वत भट्टराई पश्चिम विन्दु माध्यामिक विद्यालय थानकोट, काठमाडौंमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)