सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
केही मीठो त केही तितो
आफ्ना लागि आफ्नै हेराइले जिताैं
केलाई भनूँ र म गहन
कुन आधारमा गरूँ र मनन
यति धेरै चिन्न
सायदै बन्ने छन् अभिन्न
कसको सुनोस् र ऊ
सबैका अर्ती हुँदैनन् हुबहु
कसले सोधोस् उसको इच्छा
अरूले सुन्दिऊन् भन्ने अपेक्षा
सुस्तरी उसले बुझ्दै गयो
तर उसको अस्तित्व हरायो
कठ्पुतली बनेको छ ऊ
अरूको इशारामा नाच्छ अब ऊ
वाध्य नपार उसलाई आफ्नो पछि
नभए पिँजडा मै रहने छ त्यो पन्छी
नलग आफ्नो पछि
नभए पिँजडामै अल्झिने छ त्यो पन्छी
(अदिती कोइराला कक्षा १० मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)