सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
जन्मिन तिमी आचार्य परिवारमा जन्मियौ
सन्तानचाहिँ नेपाल आमाको भयौ
भानुभक्त तिम्रो नाम
कविता लेख्ने तिम्रो काम।
साधारण परिवारको एक्लो छोरो तिमी
सबै नेपालीको आँखामा छाएछौ
लेख्न पनि कति कृति लेखेछौ
त्यसैले आदि कविले चिनेका छौ।
आकाशका ध्रूव तारा झैं
नेपालको तारा तिमी भएछौ
भुल्दैनन् कसैले तिमीलाई
उज्यालो प्रकाश जुन छाडेर गएका छौ
उज्यालो प्रकाश जुन छाडेर गएका छौ।
(आयशा न्याैपाने रिलायन्स एकेडेमीमा कक्षा ७ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)