सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
कोरोनाले गाँज्यो सबलाई, बन्दाबन्दी घोषणा भो
लाखौं लाख विद्यार्थीको पढाइमा बाधा पुग्यो
हिँड्ने, डुल्ने, खेल्ने हाम्रो खुसी त्यसै खोसिन गयाे
छोरा छोरी बिग्रन्छन् कि भनेर अभिभावक आत्तिनु भो।
सम्हालिनु पर्छ भन्दै सिर्जनशील हुन खोजेँ
नाँच्दै, गाउँदै, रमाउँदै, खुसीहरू मैले रोजेँ।
गर्न थालेँ घरको काम, परिवारको साथ पाएँ
सरसफाइमा जोड दिएँ, व्यवहार बुझ्न पाएँ।
इन्टरनेटमा पढाइ भो, सामेल भएँ त्यसैमा म
बानी पारे पढाइमा, जाँच दिएँ इन्टरनेटमा।
काम नगरी माम हुन्न, अप्ठ्यारो त बुझ्नै पर्छ
खुल्न थालून् सबै कुरा, सजिलो त हुनै पर्छ।
म त खुसी भएकै छु, सबैतिर खुसी छाओस्
प्रार्थना म गर्छु अब, कोरोना त छिट्टै जाओस्।
(सम्पदा कोइराला मेरिडियन इन्टरनेशनल स्कुलमा कक्षा ९ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)