सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
डिसेम्बर १९ मा यो भाइरस आयो
अहिले त ठूलो भई सारा संसार खायो
भाइरस नयाँ भएकाले मार्न गाह्रो पर्यो
यसलाई मार्ने भन्दा-भन्दै अरूलाई पो मार्यो
यो भाइरसले खाइसक्यो ७७ जिल्ला
कहिले हो यो सकिने अनि शान्ति मिल्ला
जात, भात, ठूलोसानो केही भन्दैन यसले
धेरै मानिस डराइसके कोरोनाको त्रासले
कोरोनाले गर्दाखेरी अहिले लकडाउन भयो
हाम्रो देशको अर्थतन्त्र ठप्प भइरह्यो
कोरोनाले गर्दाखेरी मानिस टाढा भए
कोही भने कोरोनाले संसार छोडी गए
संसारका वैज्ञानिकले बनाउदै छन् खोप
अनि चाँडै हुने छ यो कोरोनाको लोप
(जेसिस अधिकारी बुढानिलकण्ठ स्कुलमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)